दिल्ली ।
भारतमा पछिल्लो २४ घण्टामा करिब ८४ हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार मात्रै थप ८३ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा एकैदिन यति धेरै संख्यामा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ५३ हजार ४ सय ४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक हजार ४३ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ हजार ३ सय ७६ पुगेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ७७.०९ प्रतिशत संक्रमित निको भएका छन् । भारतमा पछिल्लो समय परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढिरहेको छ ।
प्रतिक्रिया