९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

प्यूठानका ५८ वर्षीय कोरोना संक्रमितको मृत्यु



बुटवल ।
रुपन्देहीको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको भेन्टिलेटरमा उपचारका क्रममा बुधबार राति ९ बजेर १० मिनेट जाँदा मृत्यु भएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

गत भदौ १० गते अस्पतालमा भर्ना भएका मृतकलाई निमोनिया र कलेजोमा समस्या रहेको उपचारमा स‌ंलग्न चिकित्सकले जानकारी दिएका छन् । अहिले मुटु अस्पतालको भेन्टिलेटरमा एक जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

योसँगै प्यूठानमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यसअघि स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय पुरुषको उपचारका क्रममा बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७७ बिहिबार ००:००  १० : २६ बजे