९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोनाबाट रुपन्देही सालझण्डीकी एक महिलाको निधन



रुपन्देही ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बुधबार साँझ ७ बजे अस्पताल ल्याइएकी रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिलाको इमरजेन्सी एक्स्पर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

उनलाई कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकै आइसालेसनमा राखि उपचार गरिएकामा बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी उनलाई अक्सिजन दिई उपचार गरिएको र श्वास लिन नसकेपछि मृत्यु भएको डा. थापाले जनाए ।

प्रकाशित मिति : १८ भाद्र २०७७ बिहिबार ००:००  ८ : ११ बजे