९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अब गर्ने ‘लकडाउन’ अवज्ञा गर्ने उद्योग व्यापार संगठनको चेतावनी



बुटवल ।
उद्योग व्यापार संगठन रुपन्देहीले अब गरिने निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने चेतावनी दिएको छ । संगठनले विज्ञप्ति निकालेर अब हुने लकडाउन र निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको हो ।

लकडाउन र निषेधाज्ञा लम्ब्याइरहँदा व्यवसाय पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्थामा पुगेको तर सरकारले उद्योगी–व्यवसायीलाई कुनै पनि करमा छुट नदिएकाले अब गरिने लकडाउन वा निषेधाज्ञा अवज्ञा गरिने संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा लकडाउन भदौ २० गतेसम्म लम्ब्याउने सिफारिस गर्ने विषयमा प्रशासनले ‘अन्तिम पटक’का लागि भनेर अनुरोध गरेकाले निजी क्षेत्रका प्रतिनिधिले सहमति जनाएको हुँदा अब गरिने लकडाउन स्वीकार्य नभएको अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७७ बिहिबार ००:००  ६ : ०९ बजे