९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पाइने भयो कपिलवस्तुबाट डायलाइसिस सेवा



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा मृगौला रोगीहरुको लागि डायलाइसिस सेवा सञ्चालन हुने भएको छ । जिल्लाको वाणगंगा नगरपालिका क्षेत्र भित्र जिल्लाभरका नागरिकलाई मध्यनजर गरी डायलाइसिस सेवा शुभारम्भ हुन लागेको हो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुबासीका लागि मध्यनगर गरी डायलाइसिस सेवाको सुरुवात गर्न लागेको अस्पतालका अध्यक्ष एजाज आलमले बताउनुभयो ।

वाणगंगा जिल्लाकै राम्रो ठाउँ भएकाले डायलाइसिस सेन्टर स्थापनाका लागि जग्गाको प्रबन्ध मिलाउन अध्यक्ष आलमले नगरपालिकालाई आग्रह गर्नुभएको छ ।

बाणगंगा नगरपालिकाले मृगौला पीडित रोगी र तिनका परिवारको दुख र ब्यथालाई बुझेर गम्भिरता पूर्वक लागेमा केही हप्ता भित्र नगरमा डायलाइसिस सेवा संचालन गर्न सकिने प्रदेश सांसद विष्णु पन्थीले बताउनुभयो ।

कोरोना यो महामारीले झनै पीडामा परेका बिरामीलाई यसबाट ठुलो राहत हुने हुँदा छिटो सेवा आरम्भ गर्न सबै लाग्नुपर्नेमा सांसद पन्थीले जोड दिनुभएको छ ।

कपिलवस्तुमा अहिलेसम्म मृगौला रोगीलाई उपचार पर्ने डायलाइसिस सेन्टर छैन् । यो नहुँदा विरामी मर्कामा पर्दै आएका छन् । डायलाइसिस गर्न आर्थिक भार पर्ने हुँदा जिल्लामा यो सुविधा नहुँदा जिल्लाबासीले थप आर्थिक भार खेप्दै आएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७ बुधबार ००:००  ९ : ४९ बजे