बिष्णु कुमार आले, अर्घाखाँची ।
नेपाल टेलिकमको अप्टिकल फाईबर ब्रेक हुँदा अर्घाखाँचीका बिभिन्न ८ स्थानका टाबरहरु अबरुद्ध भएका छन् ।
सदरमुकाम सन्धिखर्क देखि झण्डै साढे २ किलोमिटरको क्षेत्रमा अप्टिकल फाईबर ब्रेक हुँदा जिल्लाको किमडाँडा, धारापानी, ढाकावाङ, असुरकोट, हंसपुर, पाली र वाङ्लामा रहेका ८ वटा जिएसएम बिटिएस टाबर बन्द भएका हुन् ।
टाबर बन्द हुँदा त्यस क्षेत्रमा टेलिफोन सेवा, टुजि, थ्रीजी, फोरजी ईन्टरनेट सेवा अबरुद्ध भएको नेपाल टेलिकम अर्घाखाँचीका कार्यालय प्रमुख गोबिन्द पराजुलीले बताए । पराजुलीका अनुसार फाईबर मर्मत कार्यको लागि फिल्डमा प्राबिधिकहरु खटिएपनि प्रतिकुल मौसमका कारण मर्मत कार्यमा समस्या परेको छ ।
अप्टिकल फाईवर तार बीचबाट चुडिएको अवस्थामा भेटिएको र तारलाई गाडीले चुडालेको हुन सक्ने अनुमान गरिएको छ । मंगलबार दिउँसो करिव १२ बजेदेखि सेवा अवरुद्घ भएपछि तुरुन्तै आवश्यक प्राबिधिक फिल्डमा खटाईएको तर निरन्तर पानी परिरहेका कारण तुरुन्तै समस्या पत्ता लाग्न नसक्दा लामो समय सेवा अवरुद्ध भएको पराजुलीले बताए ।
मौसम सफा हुँदै गएको र अबको डेढ दुई घण्टा भित्र मर्मत गरि टाबर संचालनमा आउने कार्यालय प्रमुख पराजुलीले बताए ।
प्रतिक्रिया