बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा भदौ २४ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा थप गरिएको छ । भदौ १७ गते बुधबार राति १२ बजे निषेधाज्ञाको अवधी सकिन थालेपछी रायसुझावको आधारमा निषेधाज्ञा भदौ २४ सम्म थप गर्ने निर्णय भएको जिल्ला प्रशासन अर्घाखाँचीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको राजनितिक दल र सञ्चारकर्मीसँगको छुट्टाछुट्टै भेटघाटमा निषेधाज्ञा थप गर्न मंगलबार सुझाव दिएका थिए । बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको डिसीसीएमसीको बैठकले भदौ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी बिक्रम थापाले बताए ।
तराईसँग सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमित हुन लागेपछि निषेधाज्ञा गर्नुको कुनै विकल्प नभएको प्रशासनले जनाएको छ ।
निषेधाज्ञा थप भएको निर्णयको सुचना जिल्ला प्रशासनले केही समयमा प्रकाशन गर्ने सुचना अधिकारी थापाले बताए । बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी नायव उपरिक्षक माधव बुढाथोकी, जिल्ला समन्वय अधिकारी, स्वास्थ्य कार्यालय, अर्घाखाँची अस्पतालका प्रमुख, सुरक्षाकर्मी लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया