दाङ ।
दाङमा जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक कामबाहेकका सेवा बन्द गरिएको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै कार्यालयमा कार्यरत एक कर्मचारीमा संक्रमण भएको पुष्टि गरेको हो ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रदान गर्न बन्द गरिएको जानकारी दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालद्वारा जारी विज्ञप्तिमा सेवा बुधवारदेखि अनिश्चितकालका लागि बन्द गरिएको जनाइएको छ ।
प्रतिक्रिया