काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य वृद्धि गरिएको हो । वृद्धि गरिएको मूल्यसँगै काठमाडौं आसपासमा प्रतिलिटर १ सय ७ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ ।
डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
निगमले मूल्य बढाए पनि भारतका तुलनामा नेपालमा पेट्रोलको मूल्य ३२ रुपैयाँ कम रहेको जनाएको छ । निगमले १ सेक्टेम्बर २०२० मा बढाएको मूल्यसूचीका आधारमा समायोजन भएको निगमले जनाएको छ ।
यसअघि ३२ साउनमा पनि निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । निगमले यतिबेला पेट्रोल डिजेल र मट्टीतेलमा ११ रुपैयाँ वृद्धि गरेको थियो । यतिबेला पनि हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको थियो ।
प्रतिक्रिया