९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सर्पले डस्दा झारफुककै भर, उपचार नपाएर विरामीको ज्यान गयो



बिष्णु कुमार आले, अर्घाखाँची ।

सर्पको टोकाई बाट अर्घाखाँची भुमिकास्थान नगरपालीका वडा नं ९ ढिकुरा काफ्ले घैयाबारीका ४४ बर्षिय शेर बहादुर बिकको मृत्यु भएको छ । मृतक बिकलाई भदौ १२ गते घर नजिकै सल्लेरीवनमा सुतेको अवस्थामा बिहान सर्पले टोकेको थियो ।

तर सर्पले टोक्ने बित्तिकै सर्पदंश उपचार केन्द्रमा उपचार गर्न लैजानुको सट्टा झारफुक तथा घरायसी औषधीको भरपर्दा बिकको ज्यान गएको स्थानिय मोति भट्टराईले जानकारी दिए ।

सर्पको टोकाईबाट बिकको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि पाँचदिन पछि मंगलबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पुरयाइएको थियो ।

बिकको स्वास्थ्य अवस्था गम्भीर देखेपछी जिल्ला अस्पताल अर्घाखाँचीले बुटवल रिफर गरिदियो। बिकको उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै ज्यान गएको जनाईएको छ ।

पाँच दिन सम्म सर्पले टोकेको बिरामीलाई अन्धविश्वासका कारण झारफुक र घरायसी औषधी गर्न थालेपछि समयमै उपचारका लागि अस्पताल नपु¥याउदा बिकको ज्यान गएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७७ बुधबार ००:००  ६ : १० बजे