९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सुनको मूल्य तोलाको ९८ हजार चारसय रुपैयाँ



काठमाडौँ ।

सुनको मूल्य मंगलबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि नौ सय रुपैयाँले नै बढेर ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरेहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १६ भाद्र २०७७ मंगलबार ००:००  १ : ०६ बजे