७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि



पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित सबै नवलपरासी पूर्वका हुन् ।

उनीहरू सबैमा कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट कोरोना पष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित २१ जनालाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशाालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकीमा संक्रमितको संख्या २ हजार ७७ पुगेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७ शनिबार ००:००  ११ : ०० बजे