मायादेवी अनलाइन, चार नम्बर ।
शुक्रबार साँझदेखि कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । रुपन्देही, पाल्पा, पोखरा र वीरगंजमा कोरोनाका कारण २ पुरुरु र २ महिलाको ज्यान गएको हो । यो संख्या अझै स्वास्थ्य मन्त्रालयको गणनामा छैन ।
बुटवलको कोरोना विशेष अस्पतालमा तिलोत्तमा ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको बिहीबार राति २ः३० बजे मृत्यु भएको हो । उनी भदौ ७ गतेअस्पतालमा भर्ना भएका थिए भने उनमा उच्च रक्तचापको समस्या थियो ।
उता लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको छ । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । ती महिला मुटु रोगीसमेत रहेको शाक्यले बताए ।
यस्तै वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । श्वासप्रश्वासमा समस्या भएपछि न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।
उपचारको क्रममा साँझ साढे पाँच बजेतिर उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । वीरगञ्जका दुई वटा कोभिड अस्पतालमा ३९ जना महिलासहित १ सय ३१ जना उपचाररत छन् । ३३ जना आईसियुमा छन् ।
यता कास्कीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका( १६ का ५२ वर्षीय पुरुष हुन् ।उनी श्वासप्रश्वास समस्या भएर १२ भदौमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड(१९ यपचार केन्द्रमा भर्ना भएका थिए ।
ती पुरुषको उपचारका क्रममा शुक्रबार राति १२ः१५ बजे मृत्यु भएको केन्द्रका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए । योसँगै पोखरा प्रतिष्ठान मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ ।
प्रतिक्रिया