७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

आज आंशिकदेखि सामान्य बदली, प्रदेश १ मा भारी बर्षा हुने



काठमाण्डौँ ।
देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ ।

यस्तै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली अवस्थित रहेको र उक्त प्रणाली बिस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । सोही कारण मनसुनी गतिविधि जारी रहे पनि केही कमजोर हुने देखिएको हो ।

अहिले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७ शनिबार ००:००  ८ : २९ बजे