७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

एन.एम बि वैंक जितपुर शिल



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको बाणगंगामा रहेको एन.एम बि वैंक जितपुर शाखा प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि शिल गरिएको छ । हिजोबाट वैंक शिल गरी कुनै गतिविधि नभएको बैङ्कले जनाएको छ ।

बैङ्कमा रहेका कर्मचारी सबैको पिसिआर जाँच भएपछि रिपोर्ट आएपछि मात्र बैङ्कका गतिविधि संचालन हुने जनाइएको छ । अब चाँडै बाँकी कर्मचारी र सम्पर्कमा रहेका ब्यक्तिको पिसीआर जाँच गरिने बताइएको छ ।

शाखा प्रमुखले ज्वरो आएपछि बुटवलमा रहेको निजि क्लिनकमा गई परिक्षण गरेका थिए । परिक्षण पछि उनमा कोरोना पुष्टि भएको हो शाखा प्रमुख मायादेवी गाउपालिका ३ का हुन् ।

यस्तै गत भदौ ८ गते वाणगंगा बाट संकलन गरिएको १सय२७ स्वाब मध्ये ४५ जनाको रिपोर्ट आएको छ । आज आएको सबै रिपोर्ट नेगेटिभ रहेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १३ भाद्र २०७७ शनिबार ००:००  ८ : २५ बजे