मायादेवी अनलाइन, चार नम्बर ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोह्रश्राद्धमा नयाँ विधि अपनाउनु पर्ने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण सोरश्राद्धमा वैकल्पिक विधि अपनाउनु पर्ने भएको हो । एक जना पूरोहित सोह्रश्राद कार्यमा एकै दिन धेरै जनाको घरमा जाने प्रचलन रहेकाले यसबाट कोरोना सर्ने उच्च जोखिम रहेको ठहर गर्दै विद्युतीय भर्चूअल माध्यबाट गर्नुपर्ने बाध्यकारी नियमसहित नगरपालिकाले सूचना नै निकालेको छ ।
शुक्रबार निकालिएको सूचनामा सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेकी, ईष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरि परिवारका सदस्यहरु मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि सबैमा आग्रह गरेको छ ।
प्रत्येक वर्ष आश्विन कृष्ण पितृपक्षमा गरिने श्राद्ध (पितृपूजन) यस वर्ष भदौ १७ गतेबाट सुरु हुदैँ छ । नगरपालिकाले जन्म, न्वारान, व्रतबन्ध, विवाह, मृत्युसंस्कार पारिवारिक रुपमा गर्न भनेको छ ।
प्रतिक्रिया