मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा ४ ठाकुरापुर निवासी रुक बहादुर रेश्मी दम्पतिको मुहार शुक्रबार दिउसोदेखि हँसिलो छ । ठाकुरापुरमा सालको पात टिपेर टपरी बुनी आएको पैसाले गुजारा चलाएका उनीहरुको घरमा सुविधासम्पन्न आफ्नै शौचालय बनेपछि खुसी भएका हुन् ।
नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ कपिलवस्तुले जब ती रुक बहादुरको घरमा सुविधासम्पन्न शौचलय बनाइएर शुक्रबार हस्तान्तरण गरे त्यसपछि रुक बहादुर मुस्कुराइ रहेका छन् । उनी मात्र होइन उनको श्रीमति पनि औधी खुसी छिन् ।
आफ्नै नीजि शौचालय नभएर कहिले छिमेकी त कहिले कहाँ दुख पाएका रुक बहादुरका दम्पितिले अब आफ्नो एउटा दुख हटेको बताउँछन् । शौचालय पाएपछि मायादेवी अनलाइनसंग छोटो खुसी साट्दै रुक बहादुर भन्छन् “मेरो घरमा पनि राम्रो पक्की चर्फी बन्यो, अब सधैँ चर्फीमै दिसापिसाब गर्छु, बुढीलाई पनि बाहिर नजान भन्छु । अरुकोमा पनि जान्नँ । चर्फीको जतन गर्छु । ”
उनले चर्पी नहुँदा बाहिर जाँदा सर्पको डरमा बसेको पनि रुक बहादुर सुनाउँछन् । उमेरले नेटो काटेका तिन छोरीका बुबा भए पनि छोरीहरु विवाह गरी आआफ्नो घर लागेपछि ती दुई वृद्धवृद्धा एक्लै सानो झुपडीमा बसिरहेका छन् ।
आर्थिक अभावले ग्रसित भएका उनीहरुको घरमा आनन्दले दिसापिसाब गर्न चर्पी नहुँदा धेरै दुख पाइरहेका थिए । ती दुई बुढाबुढीको यो जर्जर समस्या देखेपछि तरुण दल र नेपाल विद्यार्थीसंघले सहयोग जुटाएर पक्की शौचलय बनाइदिएका हुन् । त्यसपछि उनीहरु खुसीले गद्गद् छन् । उनको अहिले एक हातमा चोट भएका कारण थप समस्यामा छन् ।
विभिन्न संघसंस्था तथा ब्यक्तिसंग सहयोग जुटाएर उक्त पक्की शौचलय बनेको तरुण दलका अध्यक्ष शक्तिसिंह ठकुरीले बताउनु भयो । उहाँले चर्पी निर्माणमा सघाउने कृष्ण पराजुली, अमर पुन, बिक्रम कुंवर, शोभाखर पौडेल, राजन भट्टराई, हरि पौडेल, सरस्वती बेल्बासे, अनन्त पाठक लगाएतलाई पनि धन्यबाद दिनुभयो । शौचलय निर्माण पछि पनि रुक बहादुरलाई नियमित रुपमा सहयोग गर्ने उहाँले बताउनु भयो ।
कायक्रममा सहभागी वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले तरुण दल र नेविसंघका युवाले गरेको कामको प्रसंसा गर्नु भयो । युवा नेता चन्द्रकान्त पोख्रेलले अब युवाहरु गरिब र दिनदुखीहरुको दैलोदैलोमा नपुगेसम्म राजनैतिक परिवर्तन नहुने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि टेक बहादुर शाही, महिला संघ केन्द्रिय सदस्य इन्दिरा भट्टराई, नेता बिष्णु न्यौपाने, युवा नेताहरु तिलक थापा, बिष्णु पौडेल, राजन आले कृष्ण पराजुली, सुशील सिंह ठकुरी, चन्द्रकान्त पोख्रेल, दिनेश क्षेत्री, हरि पौडेल लगायतका ब्यक्तिहरुके सहभागिता थियो । यी संगठनले यसअघि पनि त्यो परिवारलाई खाद्यान्ह र लत्ता कपडा सहयोग गरेको थियो ।
प्रतिक्रिया