मायादेवी अनलाइन, जितपुर ।
प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णयप्रति महासंघले आपत्ति जनाएको छ । निजि प्राविधिक शिक्षालय महासंघले एक विज्ञप्ती जारी गर्दै टीएसएलसी स्तरका १८ महिने तालिम तथा कार्यक्रम खारेज गर्ने बारे आएको समाचारप्रति ध्यानाकषर्ण भएको जनाएको हो ।
शैक्षिक सत्र संचालन भैसकेको अवस्थामा २५ वर्षदेखी तालिम संचालन गर्दै आइरहेका सरोकारवालाहरु संगै कुनै छलफलनै नगरी षडयन्त्रपूर्वक आकस्मिक रुपमा बन्द गर्ने निर्णय आपत्तिजनक रहेको महासंघले जनाएको छ । विज्ञप्तीमा भनिएको छ,‘कोरोना महामारीको लडाइमा अग्रपंतीमा सिएमए, एएनएम, ल्याब एसिस्टेन्ड जस्ता तालिम प्राप्त जनशक्तिनै खटिएर देशभर गरेकोे योगदानलाई नजर अन्दाज गरी मुलुकभर स्वास्थ्य शिक्षामा तालिमरत १२ हजार परिक्षार्थीमा आतङक सृजना गरिएको विज्ञप्तीमा उल्लेख छ । ’
यस्तै शैक्षिक सत्र २०७७÷७८ को नया भर्ना तथा पठनपाठनको सम्पूर्ण तयारी पुरा भएकाले यस पटकको भर्ना तथा पठनपाठन संगै आगामी दिनमा सम्पूर्ण स्वास्थ्य शिक्षा अन्तरगतका कार्यक्रमहरु संचालन गर्ने सम्पूर्ण संस्थाहरुको ब्यवस्थापन गरी कार्ययोजना सहित निणर्य सच्चाउन प्रधानमन्त्री, शिक्षामन्त्री तथा सिटिइभिटी समक्ष अपिल गरेको छ ।
महासंघका महासचिव दुर्गाप्रसाद भुसालले राज्यलाई ५ करोड बराबरको राजस्व बुझाउने गरेको र ५ हजार जनाको रोजगारी रहेको टिएसएलसी स्तरका कार्यक्रम तथा तालिम खारेज गर्ने निणर्यबारे पुर्नविचार गर्न आग्रह गर्नुभएको छ । महासचिवमहासंघका अध्यक्ष दुर्गाप्रसाद भुसालले राज्यलाई ५ करोड बराबरको राजस्व बुझाउने गरेको र ५ हजार जनाको रोजगारी रहेको टिएसएलसी स्तरका कार्यक्रम तथा तालिम खारेज गर्ने निणर्यबारे पुर्नविचार गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत संचालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको थियो । चिकित्सा शिक्षा ऐनको दफा ४२ मा टेकेर साउन ३० मा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो । आयोगले दफा १५ (४)अनुसार परिषद्ले प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम यसै शैक्षिक सत्रबाट संचालन नगर्ने नगराउने निर्णय गरेको छ ।
आयोगको निर्णयसँगै अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ ।
प्रतिक्रिया