८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एन.एम बि बैंक जितपुर शाखा प्रमुखलाई कोरोना



मायादेवी अनलाइन, जितपुर ।

एन.एम बि वैंक जितपुर शाखा प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले ज्वरो आएपछि बुटवलमा रहेको निजि क्लिनकमा गई परिक्षण गरेका थिए । परिक्षण पछि उनमा कोरोना पुष्टि भएको हो । जितपुरमा शाखा रहेको एन.एम बि वैंक ‘क’ वर्गको बैंक हो ।

शाखा प्रमुखलाई कोरोना देखिएपछि उनको सम्पर्कमा आएकाको परिक्षण गरिने बताइएको छ ।शाखा प्रमुख मायादेवी गाउपालिका ३ का हुन् । यस्तै गत भदौ ८ गते वाणगंगा बाट संकलन गरिएको १सय२७ स्वाब मध्ये ४५ जनाको रिपोर्ट आएको छ । आज आएको सबै रिपोर्ट नेगेटिभ रहेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १२ भाद्र २०७७ शुक्रबार ००:००  ३ : ०६ बजे