८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भारतमा एकैदिन ७७ हजारभन्दा धेरै सङ्क्रमित थपिए



एजेन्सी ।

भारतमा शुक्रबार कोरोना भाइरसका ७७ हजार दुई सय ६६ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।
भारतमा दिनप्रतिदिन सङ्क्रमण बढ्दो छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३० लाख ३९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तर वर्ल्डोमिटरले भने भारतमा अहिलेसम्म ३३ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको जनाएको छ ।

यस्तै भारतमा शुक्रबार एकैदिन एक हजार ५७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ६१ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा सङ्क्रमितमध्ये २५ लाख ८५ हजारभन्दा धेरै निको भएर घर फर्किएकोमा अझै सात लाख ४५ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रोयटर्स टेलीका अनुसार भारतमा गएको ७ अगस्टदेखि हरदिन विश्वमै सबैभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइरहेको छ । अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट प्रभावित देशको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७ शुक्रबार ००:००  २ : २९ बजे