८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

रूपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।

रुपन्देहीमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको बिहीबार राती २ः३० बजे मृत्यु भएको हो। यही भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७ शुक्रबार ००:००  ११ : ३२ बजे