मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा एकै दिन मंगलबार २४ जना कोरोना संक्रमित थपिएका छन् । दिउँसो २० जना र साँझपख ४ जना गरी जिल्लामा २४ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालयका अनुसार साँझ थपिएका मध्ये तीन स्थानीय तहका छन् । जसमध्ये कृष्णनगर नगरपालिकामा दुई जना, बुद्धभूमि र कपिलवस्तु नगरपालिकामा एक÷एक जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यसअघि मंगलबार दिउँसो मात्र एकै पटक २० जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै तौलिहवाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पुष्टी भएका मध्ये दुई जना पत्रकार समेत रहेका छन् । जसमा प्रेस युनियन कपिलवस्तुका जिल्ला सभापति गोपाल भन्डारी, एनटिभीका संवाददाता संक्रमित भएका छन् । यससंगै जिल्लामा ६ पत्रकार संक्रमित भएका छन् । जस मध्ये ४ जना निको भई घर फर्कि सकेका छन् ।
यस्तै २ सरकारी शिक्षक र एक बोर्डिङ स्कुलका शिक्षक, बिद्युतका २ कर्मचारी, मालपोतका कर्मचारी एक, मायादेबी गाउँपालिका वडा नम्बर १ का वडा सचिव, कांंग्रेस महासमिति सदस्य संक्रमित भएका छन ।
यस्तै किराना पसल एक, एउटै मेडिकल पसलका दुई, सशस्त्र प्रहरी खुनुवा एक, ईन्जीनियर एक, महाराजगंज नगरपालिकाका एक कर्मचारी, सुनचाँदी पसलका एक जना तथा ३ जना समुदायस्तरका रहेको संक्रमति भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । गत भदौ ३ गते बुद्धपदम मा.वि. देखि संकलन गरिएको १७३ नमुना मध्ये २० पोजेटिभ १ सय ५३ नेगेटिभ हो ।
योसंगै जिल्लामा कुल संक्रमित १ हजार ७९ जना पुगेका छन् ।
प्रतिक्रिया