११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नेपालीलाई स्वदेश ल्याउने चार्टर्ड उडान आजदेखि सुरु



काठमाडौं ।

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने चार्टर्ड उडान आजदेखि फेरि सुरु भएको छ। यसअघि भदौ १ देखि गर्ने भनिएको उडान सिसिएमसीको निर्देशनका कारण रोकिएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले सूचना प्रकाशित गरी आजदेखिको उडान तालिका सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार आज एयर अरेबियाले सारजाहबाट यात्रु ल्याएर आउने छ। त्यस्तै भदौ १० गते इतिहादले आवुधावी र फ्लाइ दुबइले दुबइबाट ल्याउने छ।

त्यस्तै फागुन ११ गते साउदकी रियादबाट नेपाल एयरलाइन्स, साउदीकै दमामबाट हिमालय एयरलाइन्स र इस्तानबुलबाट टर्किस एयरले यात्रु ल्याएर आउने छन्।

फागुन १२ गते क्वालालम्पुरबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स, कतारको दोहाबाट कतार एयरवेजले ल्याउने छ।

फागुन १३ गते सिल्क एयरले अष्ट्रेलियाबाट र दक्षिण कोरियाबाट कोरियन एयरले यात्रुबाहक चार्टर्ड उडान गर्ने छन्।

फागुन १४ गते क्वालालम्पुरबाट नेपाल एयरलाइन्स,हिमालय एयरलाइन्स र मालिन्दो एयरलाइन्सले यात्रु ल्याउने छन्। फागुन १५ गते नेपाल एयरलाइन्सले दुबइबाट र हिमालय एयरलाइन्सले आबुधावीबाट उडान गर्ने छन्।

फागुन १६ गते दोहाबाट र कवेतबाट नेपाल एयरलाइन्सले र दोहाबाट हिमालय एयरलाइन्सले उडान गर्ने छन्। १७ गतेदेखि विदेशका लागि नियमित उडान गरिने यसअघि सरकारले घोषणा गरिसकेको छ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  २ : ५४ बजे