मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु सदरमुकाम तौलिहवामा आगो झै कोरोना फैलिएको अवस्थामा सर्वसाधारणले स्वास्थ्यको न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको छ । तौलिहवामा पछिल्लो समय समुदायस्तरमा व्यापक कोरोना देखिन थालेको छ । जिल्लामा तौलिहवा कोरोनाको ‘हटस्पट’ नै बनेको छ । मंगलबारमात्र यहाँ २० जनामा संक्रमण पुष्टि भएको छ ।
तर, तौलिहवाको राष्ट्रिय बैंक अगाडी सर्वसाधारणको भीडले कोरोनाको जोखिम झनै बढ्ने देखाएको छ । जिल्लामा पछिल्लो साउन २७ गते देखि लकडाउन छ । यद्यपि जिल्ला प्रशासन कार्यालयले भदौ ७ गतेदेखि दैनिक दुई घण्टाका दरले बैंक तथा वित्तिय संस्था खुल्ला गर्ने निर्णय गरेसंगै तौलिहवामा यो भीड देखिएको हो ।
यो पनि पढ्नुहोस् कपिलवस्तुमा चैत्र ११ कै लकडाउनः सबै पसल बन्द, निजी सवारी सञ्चालनमा निषेध !
बैंक खुल्ने भनेपछि कपिलवस्तुका ठाउँ ठाउँबाट पैसा निकाल्नका लागि तौलिहवामा सर्वसाधारण लामबद्ध भएका थिए ।
तौलिहवाका अधिकांश बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिसकेको छ । यो बेला बैंक तथा वित्तीय संस्था दुई घण्टा खोल्ने निर्णयले कोरोना झन ब्यापक बन्नेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
कोरोना संक्रमणको भयको वातावरणकै बीचमा तौलिहवामा देखिएको यो भीड सहितको फोटो सामाजिक सञ्जालमा पोस्ट् भएपछि विभिन्न क्षेत्रबाट टिप्पणी भैरहेको छ ।
यो पनि पढ्नुहोस् कपिलवस्तुमा यसरी पुग्यो समुदायस्तरमा कोरोनाः यस्ता छन् ६ कारण
प्रतिक्रिया