११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु



बुटवल ।
रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनको सोमबार राति भीम स्पतालमा मृत्यु भएको हो ।

एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दवाव दिएकाले उनलाई भीम अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् ।

गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले उनको मृत्यु भएको पुष्टि गरेका छन् । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  १२ : ०१ बजे