११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण, तौलिहवामा बढी जोखिम



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा थप २० जनामा कोरोना भाइरस पुष्टि भएको छ । यससंगै जिल्लामा संक्रमितको संख्या १ हजार ६५ पुगेको छ । मंगलवार पुष्टी भएका संक्रमित सबै तौलिहवाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मंगलवार पुष्टी भएकामा दुई जना पत्रकार समेत रहेका छन् । जसमा प्रेस युनियन कपिलवस्तुका जिल्ला सभापति गोपाल भन्डारी, एनटिभीका संवाददाता संक्रमित भएका छन् । यससंगै जिल्लामा ६ पत्रकार संक्रमित भएका छन् । जस मध्ये ४ जना निको भई घर फर्कि सकेका छन् ।

यस्तै २ सरकारी शिक्षक र एक बोर्डिङ स्कुलका शिक्षक, बिद्युतका २ कर्मचारी, मालपोतका कर्मचारी एक, मायादेबी गाउँपालिका वडा नम्बर १ का वडा सचिव, कांंग्रेस महासमिति सदस्य संक्रमित भएका छन ।

यस्तै किराना पसल एक, एउटै मेडिकल पसलका दुई, सशस्त्र प्रहरी खुनुवा एक, ईन्जीनियर एक, महाराजगंज नगरपालिकाका एक कर्मचारी, सुनचाँदी पसलका एक जना तथा ३ जना समुदायस्तरका रहेको संक्रमति भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । गत भदौ ३ गते बुद्धपदम मा.वि. देखि संकलन गरिएको १७३ नमुना मध्ये २० पोजेटिभ १ सय ५३ नेगेटिभ हो ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ११ : ५० बजे