सिन्धुली । भिमान प्रहरी चेक पोष्टमा एक सय रुपैयाँ फालेर आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई सोमबार सिन्धुली प्रहरीले पाँच सय रुपैयाँ जरिवाना गरेको छ ।
प्रहरीका अनुसार तीनवटा लैनो भैंसी लिएर सर्लाहीबाट काभ्रेको पनौती जाँदै गरेको बा २१ च ३९९८ नम्बरको बोलेरोले भिमान चेक पोष्टमा जाँच गराउनुको साटो चेकिङमा रहेका प्रहरी दीपक भण्डारीलाई लक्षित गरेर एक सय रुपैंयाँ फालेका थिए ।
तत्कालै प्रहरी जवान भण्डारीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि ट्राफिक पोष्टमा रोकेर पाँच सय जरिवाना गरिएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । चालक र भैंसी साहुलाई आइन्दा प्रहरीलाई आर्थिक प्रलोभनमा नपार्ने सर्तमा छाडिएको डीएसपी केसीले बताउनु भयो ।
प्रतिक्रिया