मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगामा सोमबार १ सय २७ जनाको स्वाब संकलन गरिएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका र विदेशबाट फर्किएकाहरुको स्वाब लिइएको हो ।
स्वास्थ्य शाखाका अधिकृत भक्तिराम पाण्डेका अनुसार ९२ जना समुदायका रहेका छन् । उनीहरु कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्ति हुन् ।
यस्तै ३५ जना भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिको स्वाब लिइएको पाण्डेले बताउनुभयो ।
वाणगंगामा यसभन्दा अगाडी स्वाब दिएका ९० जना कोरोना रिपोर्टको पर्खाईमा रहेका छन् । उनीहरुले भदौ १ गते स्वाब दिएका थिए ।
अहिले वाणगंगामा १३ जना कोरोनाका संक्रिय संक्रमित छन् । जसमध्ये दुई जनाको लक्षण देखिएको छ भने अरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमित मध्ये दुई जनाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार भैरहेको छ भने दुई जना नगरले बनाएको आइसुलेसनमा छन् । अरु भने होम क्वारेनटाइमा रहेको शाखाले जनाएको छ ।
प्रतिक्रिया