वीरगञ्ज ।
पर्सामा सोमबार थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
जिल्लाको वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिका गरी दुई स्थानीय तहका ३४ जनामा संक्रमण देखिएको हो।
संक्रमण देखिनेमा वीरगञ्ज महानगरपालिका १४ पुरुष र ६ जना महिला गरि २० जना तथा पर्सागढी नगरपालिका–८ का १४ जना पुरुष, वीरगञ्ज–१५ भिस्वाका ९ पुरुष र ४ महिला गरी १३ जना, वडा नम्बर ४, ६, ११, १२, १६, २१ र २४ का एक–एकजना रहेका छन् ।
गत भदौ ५ गतेदेखि ७ गतेसम्म सन्क्रमितहरुको स्वाब संकलन गरिएको थियो। योसँगै हालसम्म पर्सामा कोरोना संक्रमितहरुको कुल संख्या एक हजार ९ सय ४४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया