मायादेवी अनलाइन, जितपुर ।
गैर आवासीय नेपाली संघ यूकेले ७ वटै प्रदेशमा अक्सिजन मेसिन प्रदान गरेको छ । नेपालमा कोरोना संक्रमण फैलिदै गएको र अक्सिजनको अभाव नहोस भन्नका लागि ७ वटै प्रदेशमा २, २ वटाको दरले १४ वटा अक्सिजन मेसिन सहयोग गरेको हो ।
जस अन्तरगत प्रदेश ५ का २ वटा अस्पताललाई पनि २ वटा मेसिन प्रदान गरेको छ । प्रदेस ५ का सांसद विष्णु पन्थीको समन्वयमा पिपरा अस्पताल कपिलवस्तु र लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई एक–एक थान अक्सिजन मेसिन प्रदान गरिएको हो ।
आइतबार प्रदेश सांसद पन्थीले पिपरा अस्पतालको लागि वाणगंगा नगरपालिकाका मेयर मंगल थारु, उपमेयर चक्र अर्याल, नगरका प्रवक्ता तथा मेडिकल अधिकृतलाई सो मेसिन हस्तान्तरण गर्नुभएको हो ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको लागि मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल, डा. प्रसान्त आचार्य तथा स्टोर अधिकृतलाई अक्सिजन मेसिन हस्तान्तरण गर्नुभएको हो ।
सांसद पन्थीले कोरोना महामारीको यस विषम परिस्थतीमा महत्वपूर्ण सहयोग गर्ने गैर आवासीय नेपाली संघ यू.केका अध्यक्ष पुनम गुरूंग, महासचिव फडिन्द्र भट्टराई लगाएतलाई धन्यवाद दिनुभएको छ ।
कोरोना संक्रमित बढ्दै जादा अस्पतालमा विभिन्न स्वास्थ्य सामाग्रीको अभाव भएको बेला अक्सिजन मेसिनले भने केहि सहज हुने उहाले बताउनुभयो ।
सांसद पन्थीले कोरोनाको महामारी देखिनै समुदाय स्तरमा खटेर विभिन्न राहत, स्वास्थ्य सामाग्री सहयोग, किसानको घरदैलोमै पुगेर विभिन्न सहयोग गर्दै आउनुभएको छ ।
स्वास्थ्य बिभाग यूकेका संयोजक डा. सुनिल शाह, (कोभिड – १९) आर्थिक संयोजक दीपक श्रेष्ठ लगाएतले अक्सिजन मेसिन सहयोगका लागि स्रोत जुटाउन पहल गर्नुभएको थियो ।
प्रतिक्रिया