११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

भारतमा ३० लाख नाघे कोरोना संक्रमित



काठमाडौं ।
भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ३० लाख ४४ हजार ९४० मा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार २३९ संक्रमित थपिएका छन् । सोही अवधीमा ९१२ संक्रमितको मृत्यु भएको छ ।

भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९०६ को ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ३० लाख ५७ हजार २८८ पुगेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७ सोमबार ००:००  ७ : ३७ बजे