११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तु प्रहरीमाथि हातपात गर्ने ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा प्रहरीमाथि हातपात गर्ने ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको शुद्धोधन गाँउपालिकाको लबनी चौराहामा मास्क नलागाएर हिड्नेलाई कारवाही गर्न खोज्दा स्थानीय ८ जनाले प्रहरीमाथि हातपात गरेकोमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको हो ।

कोभिड-१९ को यस महामारीमा ज्यान जोखिममा पारी मैदानमा खटिएका प्रहरी चौकी लबनीमा कार्यरत ६ जना प्रहरी माथी हातपात भाएको थियो । हातपातको क्रममा ३ जना गम्भीर घाइते भएका थिए भने ३ जनालाई सामान्य चोट लागेको थियो ।

यो पनि पढ्नुहोस् माक्स लगाउ भन्दा कपिलवस्तुमा ३ प्रहरीलाई स्थानीयले कुटेर गम्भीर घाइते बनाए

प्रहरीलाई आक्रमण गरी उनीहरु फरार भएका छन् । उनीहरुलाई अहिलेसम्म प्रहरीले फेला पार्न सकेको छैन । यस उद्योगमा अब उनीहरुलाई १० वर्ष सम्म कैद सजाय हुन सक्ने प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता सुनिल मल्लले बताउनुभयो ।

आक्रमणपछि गम्भिर घाइते मध्ये ३ जनाको रुपन्देहीको मणिग्राम स्थित क्रिमस्न अस्पतालमा उपचार भईरहेको मल्लले बताउनु भयो ।

यसरी कुटिएका थिए प्रहरी भिडिओ

प्रकाशित मिति : ७ भाद्र २०७७ आइतबार ००:००  ७ : ३९ बजे