११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तुमा एकै दिन थपिए ३० जना कोरोना संक्रमित, कहाँ कति ?



मायादेवी अनलाइन, तौलिहवा
सात प्रहरी र दुई वडा सदस्यसहित कपिलवस्तुमा थप ३० जनामा कोरोना पुष्टि भएको छ। यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४५ पुगेको छ। स्वास्थ्य कार्यालयका अनुसार यो तथ्याङ्क पछिल्लो २४ घण्टाको हो ।

स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमित मध्ये ७ जना प्रहरी, बाणगंंगा नगरपालिकाका ८ जना, बिजयनगरका ६, शुद्धोधन गाउँपालिकाका ४, मायादेबी गाउँपालिका २, शिवराजका २ र बुद्धभूमिका एक जना छन्। बाणगंगा नगरपालिकामा थपिएका मध्ये सबै समुदयस्तका पुरुष हुन् ।

बाणगंगा नगरपालिका वडा नम्बर १ का २ जना, ८ का २ जना तथा २, ३, ४ र ६ का एक एक जना छन् । यद्यपि मायादेवी अनलाइनले भने वाणगंगा भित्र भेटिएका संक्रमितको संख्या यस भन्दा अगाडीकै समाचारमा अपडेट गराइसकेको छ।

बिजयनगर वडा नम्वर ७ का वडा सदस्य, वडा नम्बर १ र ७ का एक एक कृषक, वडा नम्बर २ का बिमा कम्पनीका एक जना, वडा नम्बर ३ का राजनीतिक दलका नेता एक जना, वडा नम्बर ५ का औषधि पसले एक जना छन् । यस्तै शुद्धोधन गाउँपालिकाका २ विद्यार्थी एक गृहणी र एक समुदायका हुन् ।

यसैगरी मायादेबी वडा नम्बर ७ का वडा सदस्य र कृषि विकास बैकका एक कर्मचारी हुन् । शिवराजका एक जना जापान र एक जना भारतबाट फर्केका पुरुष हुन् । यस्तै बुद्धभूमि नगरपालिका–२ का एक जना पुजारीमा पनि कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७७ आइतबार ००:००  ४ : ५५ बजे