रुपन्देही ।
गएको साउन २९ गते राति १२ बजे राती देखि बुटवलमा जारी गरिएको लकडाउन थप एक साता सम्मका लागि बढाईएको छ ।
बुटवलमा कोरोनाको जोखिम बढेपछि कडाईका साथ जारी गरी गरिएको लक डाउन थप एक साताका लागि बढाईएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।
अहिले थप गरीएको लकडाउन भने रुपन्देहीका सबै पालिकामा कडाईका साथ कार्यान्वयन हुने गरि निर्णय गरिएको छ ।
केहीबेर अघि सम्पन्न जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिमसिसि)को अपरान्ह सम्पन्न बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्इम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरिएको नगरप्रमुख शिवराज सुवेदीले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता तथा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको आतिथ्यतामा सम्पन्न बैठकमा, सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरिएको हो ।
आगामी १४ गते राती १२ बजे सम्म लकडाउन गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
यस अघि रुपन्देहीका अलग अलग पालिका र जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आ आफ्नै ढंगले लकडाउन गर्ने निर्णय गरेकोमा यस पटक भने सबैले एकरुपताका साथ लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पन्थले बताए ।
लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक कुनैपनि सवारीसाधन सन्चालन, पसल खोल्न तथा हिडडुल गर्न निषेध गरिएको छ । यसपटकको लकडाउन भने पहिले भन्दा थप कडाई हुने जनाइएको छ ।
प्रतिक्रिया