रौतहट ।
रौतहटस्थित बागमती नदीमा आइतबार बिहान पौडी खेल्ने क्रममा डुबेर तीनजना बालिका बेपत्ता भएका छन् ।
रौतहटको गढिमाई नपा ७ धरमपुर टोलका भदै मुखियाको १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास र छटु मुखियाकी १० वर्षीया छोरी चन्चल कुमारी मुखिया गाउँ नजिकै रहेको बामती नदीमा नुहाउने क्रममा बेपता भएका छन् ।
बालिकाहरु नदीमा हराएको खबर पाउनासाथ धरमपुर चौकी, समनपुर इलाका प्रहरी कार्यालयबाट खटीएको प्रहरीको टोलीले र स्थानीयले बेपत्ताहरुको खोजी गरिरहेको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए।
प्रतिक्रिया