११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तुमा थप एक हप्ता अहिलेकै बन्दले निरन्तरता पाउने



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि त्यसको नियन्त्रण र रोकथामको लागि लागु गरिएको निशेधाज्ञा आइतबार राति १२ बजे सकिँदै छ । अब निषेधाज्ञाको अवधि बढ्ला, या लकडाउनको मोडालिटीमा फेरबदल होला आम नागरिकमा जिज्ञासा छ ।

यसको लागि आज जिल्ला विपद् ब्यवस्थापन समितिको वैठक बसेर आवश्यक निर्णय लिने छ । दिउँसो १ बजे वस्ते विपद् व्यवस्थापन समितिको वैठकले जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान सक्ने सम्भावना औँल्याउँदै अहिलेकै बन्दले निरन्तरता पाउने गरी निर्णय लिनेबारे छलफल हुने प्रमुख प्रशासकीय अधिकृत मनोज शैनीले जानकारी मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । यसअघि उच्च स्तरको छलफल र सरोकारवालाले पनि यही विकल्पमा सुझाव दिएकाले पनि यही निर्णय हुन सक्ने बताइएको छ ।

पछिल्लो पटक समुदायस्तरमा स्वाब संकलन भएर नतिजा आएका ८ सय २६ जनामध्ये ७२ जना समुदायस्तरका व्यक्ति संक्रमित छन् । जिल्लाका बिभिन्न पालिकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्कुले विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, सामाजिक कार्यकर्ता, बैङ्कर, कर्मचारी, ब्यापारी सबैलाई कोरोनाले छोएको छ । जिल्लाका ३१ जना सुरक्षाकर्मी कोरोना संक्रमित भएकाले पनि यो निर्णय हुने बताइएको छ ।

अहिले जिल्लामा भारतबाट आएका ७८ प्रतिशत, समुदायस्तरका २० प्रतिशत र तेश्रो मुलकबाट आएका २ प्रतिशतमा कोरोना देखिएको छ । साउन ३२ गते बसेको समितिको वैठकले आजसम्मको दोस्रो पटकका लागि निशेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७७ आइतबार ००:००  १० : ०७ बजे