काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस महामारीमा १२ वर्षभन्दा माथिको उमेर समूहमा व्यक्तिहरुले मास्क लगाउने बारेमा नयाँ नियम जारी गरेको छ ।
डब्लूएचओले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जुन–जुन देशमा वयस्कहरुका लागि लागु गरिएको नियम १२ वर्षभन्दा माथिको उमेरका बालबालिकाहरुमा पनि लागु गुर्नपर्ने बताएको छ ।
बालबालिकाले भाइरस कति प्रसार गर्छन भन्ने बारेमा अहिलेसम्म कुनै स्पष्टता नभए पनि किशोर आयुका बालबालिकाहरुले वयस्कहरु जस्तै भाइरस फैलाउने गरेको शीर्ष स्वास्थ्य एजेन्सीहरुले स्वीकार गरेका छन् ।
डब्लूएचओले पाँच वर्षदेखि कम उमेरका बालबालिकाहरुले मास्क लगाउन आवश्यक नरहेको पनि जनाएको छ । त्यस्तै ६ देखि ११ वर्षसम्मको उमेरका बालबालिकालाई अभिभावकले मास्क लगाइदिने र निकाल्न सहयोग गर्नुपर्ने डब्लूएचओले बताएको छ ।
डब्लूएचओले ६० वर्षभन्दा कम उमेरका मानिसहरुले कपडाको मास्क र त्यो भन्दा माथिको उमेर समूहका मानिस तथा बिरामीहरुले मेडिकल मास्क लगाउनुपर्ने पनि जनाएको छ ।
बीबीसीबाट
प्रतिक्रिया