१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुको वाणगंगामा चोरको बिगबिगी, दिउँसै नगद, जिन्सी तथा पशुचौपायमा आँखा !



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा चोरीका घटना बढ्न थालेका छन् । कोरोना नियन्त्रणका लागि जारी लकडाउनको मौका छोपी नगरपालिकामा चोरीका घटना बढेका हन् । चोरले घरमा राखिएका भाडाकुडा देखी नगद र सुनचादी सम्म लुटेर भाग्ने गरेका छन् ।

यस्तै पशुचौपायपनि चोरी भएका छन् । रातको समयमा स्थानियको गोठमा राखिएका भैँसी लगाएतका पशुचौपाएमा पनि चोरको आँखा परेको हो । एउटा भैँसीको मुल्य एक देखी डेढलाख सम्म पर्ने भएकाले पनि पशचौुपाय चोरी भएका हुन् ।

यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ मा आज दिउसोको समयमा चोरी भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ६ भाग्लापुरका सुजन भुसालको घरमा चोरी भएको स्थानियले बताएका छन् ।

यस अघि पनि भुसालका अंकल राजु भुसालको घरमा दिउँसोको समयमा चोरी भएको थियो । घर पछाडी परिवारका सदस्यले घाँस काटेर फर्कने क्रममा चोरी गर्ने मानिस घरभित्रबाट निस्किएको देखेको बताए ।

चोरी गर्ने मानिस भने फरार भएको परिवारले बताएका छन् । प्रहरीका अनुसार दराजमा राखिएको नगद. १९ हजार सहित एक थान सामसुङको मोवाईल पनि चोरी भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार चोरी गर्ने मानिस कालो रङको मोटरसाइकल चढि आएको करिब पाँच फिट उचाई भएको उनीहरुको भनाई छ । उता कोरोना माहामारीका बिचमा भएको चोरीका विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष जोसिले बताएका छन् ।

चोरी गर्ने मानिस कालो रङको मोटरसाईकलमा आएको भनिए पनि उसको वास्तविक पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यद्यपि घटनाको अनुसन्धन भईरहेको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

यस अघि नगरपालिकाको वडा नम्बर ४, ७ का विभिन्न घरमा चोरी भएका छन् । प्रहरीले सचेत रहनपनि सम्पूर्णमा अनुरोध गरेको छ ।

यसअघि वाणगंगा ६ मा एक घरबाट रातको समयमा चोरले भैँसी चोरेर भागेका थिए । चोरको बिगबिगी हुन थालेपछि नगरपालिकाका विभिन्न ठाउमा रातको समयमा स्थानियले गस्ती समेत गर्न थालेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७ शनिबार ००:००  ३ : २६ बजे