एजेन्सी ।
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०का प्रमुखले कोरोना भाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन् । शुक्रवार जिनिभामा बोल्दै डब्लूएचओका महानिर्देशक डा।टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ‘स्प्यानिश फ्लू’ नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए । तर हाल प्राविधिक रूपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस कम समयमा नियन्त्रणमा आउन सक्ने उनले बताए ।
‘पक्कै पनि बढ्दो घुलमिलका कारण भाइरस फैलन सक्ने पनि सम्भावना बढी छ,’ उनले भने। ‘तर हामीसँग यसलाई रोक्नका लागि प्रविधि र ज्ञान पनि छ।’
सन् १९१८को घातक फ्लूका कारण कम्तीमा ५ करोडले ज्यान गुमाएका थिए । हालसम्म कोरोना भाइरस संक्रमणका कारण करिब ८ लाख मानिसहरूले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी संक्रमित भएका छन् ।
महासचिव टेड्रोसले महामारीका बीच पीपीईसँग सम्बन्धित भ्रष्टाचार सम्बन्धी प्रश्नलाई पनि सम्बोधन गरे र त्यसलाई अपराधको सङ्ज्ञा दिए ।
‘कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य छैन, ‘उनले भने । तर वास्तवमा मेरा लागि पीपीईसँग सम्बन्धित भ्रष्टाचार हत्या हो। किनकि स्वास्थ्यकर्मीहरूले पीपीई बिना काम गर्नु भनेको हामीले उनीहरूको ज्यान खतरामा पार्नु हो। र त्यसले उनीहरूले सेवा गरिरहेकाहरूको ज्यान समेत खतरामा पार्छ। ‘
उक्त प्रश्न दक्षिण अफ्रिकासँग सम्बन्धित भए पनि अन्य विभिन्न मुलुकहरूमा यस्तै किसिमको समस्या भोगिरहेका छन्।
प्रतिक्रिया