११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना पुष्टि



काठमाण्डौ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३५ जनाको स्वाब संकलन गरिएकोमा नेता नेपालका पीएसओसहित ९ जनामा सङ्क्रमण पुष्टि भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

नेता नेपाल र उहाँको परिवारका अरु सदस्यको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । अस्ति बिहीबार नेता नेपाल, उनको परिवार, उहाँको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासमा रहेका ३५ जनाको स्वाब संकलन गरिएको थियो ।

सङ्क्रमण देखिएका सबैलाई गएराति नै आइसोलेशनमा पठाइसकिएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७ शनिबार ००:००  १२ : २४ बजे