मायादेवी अनलाइन, चार नम्बर ।
बाणगंगा नगरपालिकाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पोैडेलका अनुसार समुदाय स्तरका २ जना र विदेशबाट आएका १ जना गरी ३ जनामा कोरोना पुष्टि भएको हो ।
उहाका अनुसार भदौ १ गते स्वांव संकलन गरिएका १९० जना मध्ये वडा न.१ का दुई जना र वडा न. २ का एक जना पुरुषमा कोरोना देखिएको छ । यो शनिवार विहान आएको रिपोर्ट हो ।
१९० मध्ये केहिको रिपोर्ट आउन बाकी छ । यससंगै बाणगंगा नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण हुनेहरुको संख्या १२ पुगेको छ ।
प्रतिक्रिया