काठमाण्डौ ।
काठमाण्डौ उपत्यकामा बिहानै निषेधाज्ञा अवज्ञा गर्ने झण्डै १ सयभन्दा धेरै गाडी कारबाहीमा परेका छन् ।
पछिल्लो २४ घण्टामा ७४७ वटा र आज बिहान मात्रै झण्डै एक सय गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
हिजो होल्ड गरिएका ७४७ गाडीलाई राति ८ बजे छाडिएको थियो । निषेधाज्ञा उल्लङ्घनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
ऐनअनुसार ५ सय रुपैयाँसम्म जरिवाना वा १ महिना कैद अथवा दुवै सजाय हुन सक्छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा सङ्क्रमणको दर बढेपछि प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार उपत्यकामा गएको बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।
यता कपिलवस्तुमा पनि निशेधाज्ञा उलंघन गर्नेमाथि प्रहरी कडा बनेको छ । यसको लागि प्रहरीहरु ठाउँठाउँमा परिचालित छन् । जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले निशेधाज्ञा उलंघन गरी मनपरी बाहिर निस्कने, पसलमा मास्क नलगाउने, पसलमा सामाजिक दुरी कायम नगर्ने, जथाभावी नीजि सवारी चलाउनेमाथि कारबाही गरिने भएकाले त्यसको भागिदान नबन्न अधिकारीले सबैलई आग्रह गर्नुभयो । आज शनिबार मानिसहरु बढी हिाँडडुल गर्ने भन्दै थप कडा गरिएको बताइएको छ ।
सुरक्षाकर्मीमाथि पनि कोरोना संक्रमण देखिएकाले सबै स्थानमा प्रहरी पुग्न नसक्ने भन्दै आफै संयमता अपनाउन आग्रह गर्दै उहाँले प्रहरीले मात्र कोरोना नियन्त्रण गर्न नसक्ने बताउनु भयो । उहाँले भनेको नमान्ने सयौँमाथि कारबाही पनि गरिएको बताउनु भयो । समुदायस्तरमा कोरोना ब्यापक रुपमा फैलिएपछि कपिलवस्तुमा भदौ ७ गतेसम्मको लागि निषेधाज्ञालागु गरिएको छ ।
प्रतिक्रिया