मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोरोना संक्रमण देखिएका समुदायस्तरका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङको काम शनिबारबाट हुने भएको छ । पछिल्लो समय समुदायस्तरका कोरोना देखिन थालेपछि यहाँका समुदायस्तरका ब्यक्तिमा टाउको दुखाई बनेको छ ।
प्रतिष्ठित ब्यापारी, सामाजिक कार्यकर्ता र अन्य समुदायमा घुलमिल भएका ब्यक्तिमा कोरोना देखिएपछि उनीहरुको सम्पर्क कहाँकहाँसम्म पुगेको छ ? पहिचान गरी पिसीआर जाँच गर्ने तयारी भइरहेको नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
शुक्रबार मात्र नगरमा ५ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुको पनि सम्पर्क भएका ब्यक्ति खोजी गरिने पनि उहाँले बताउनु भयो । नगरपालिका र कपिलवस्तु उद्योग बाणिज्य संघको संयुक्त पहलमा २ सय ८९ जनाको स्बाब संकलन भएकोमध्ये ९० जनाको रिपोर्ट आइसकेको छ ।
जसमा ८ जनामा कोरोना पुष्टि भएको छ भने बुटवल आफै गएर पिसीआर जाँच गराउँदा एक जनामा पनि कोरोना देखिएको छ । अन्यको नतिजा पनि चाँडै आउने उद्योग संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया