११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बाणगंगाका समुदायस्तरका थप ४ जनामा कोरोना पुष्टि



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा समुदायस्तरमा कोरोना देखिने क्रम बढिरहेको छ । शुक्रबार दिउसो कपिलवस्तु उद्योग बाणिज्य संघका १ जना पदाधिकारीमा कोरोना पुष्टि भएकोमा साँझ थप ४ जनामा कोरोना पुष्टि भएको हो ।

प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गरी रिपोर्ट आएका ७३ जनामध्ये ४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले मायादेवी अनलाइनलाई जानकारी दिनुभएयो । अन्य ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यी थप भएपछि बाणगंगामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । थप भएका मध्ये वडा नं. ३ मा ५० वर्षिय पुरुष , वडा नं. ४ का २८ बर्षिय पुरुष, वडा नं. ६ का ३९ वर्षका पुरुष र वडा नं. ८ का २५ वर्षमा पुरुष रहेका छन् । तीमध्ये एक जना सामाजिक कार्यकर्ता र ब्यापारी रहेका छन् ।

वाणगंगा नगर र उद्योग संघको संयुक्त पहलमा साउन ३२ गते ९९ सय जना उद्योगी, व्यवसायीको स्वाब संकलन गरी परीक्षणको लागि बुटवल पठाइएको थियो । यसअघि पनि १३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । बाँकीको पनि विस्तारै रिपोर्ट आउने जनाइएको छ । यसमा कन्ट्याक ट्रेसिङबाट पनि केहीको स्वाब पठाइएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७७ शुक्रबार ००:००  ९ : २४ बजे