मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा शुक्रवार नौ जना कोरोना संक्रमित थपिएका छन । यससंगै जिल्लामा संक्रमितको संख्या १ हजार १५ पुगेको छ ।
शुक्रवार बिजयनगरमा ४, कृष्णगनरमा ३ तथा बुद्धभुमी र बाणगंगामा एक-एक जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
बिजयनगर गाउपालिकाका पशु प्राबिधिक, वडा नम्बर ५ का राजनीतिक दलका नेता तथा ब्यवसयी, वडा नम्बर ७ का कृषक र सामाजिक कार्यकर्ता छन ।
यस्तै कृष्णनगर भन्सारका थप एक जना कर्मचारी, वडा नम्बर १ का सामाजिक कार्यकर्ता र वडा नम्बर ९ का किराना पसले संक्रमित भएका छन ।
यस्तै बुद्धुभमीको गोरुसिंगे ट्राफिक कार्यालयका एक जना तथा बाणगंगा नगरपालिका वडा नम्बर ३ का एक जना समेत संक्रमित भएका हुन । कपिलवस्तुमा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया