मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तु उद्योग वाणिज्य संघका एक पदाधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल बुटवलमा आज गरिएको परिक्षणमा ब्यापारी समेत रहेका उनलाई संक्रमण भएको हो ।
सामान्य ज्वरो आएपछि उनले प्रादेशिक अस्पताल बुटवलमा परिक्षण गराएका थिए । उनको स्वाब परिक्षण पछि उनमा संक्रमण पुष्टि भएको हो । संक्रमित ब्यवसायी उद्योग वाणिज्य संघले गरेको सचेतना अभियानमा पनि सक्रिय थिए ।
यस अघि वाणगंगा नगरपालिका र उद्योग वाणिज्य संघले वाणगंगाका करिव ३ सय जनाको स्वाब संकलन गरेका थिए । जसमा अहिले सम्म १३ जनाको रिपोर्ट आएको छ भने अन्य २सय ७६ जनाको रिपोर्छ आउन बाकी छ ।
प्रतिक्रिया