एजेन्सी ।
दक्षिण अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म २ लाख ५० हजार नाघेको छ। कोरोना भाइरसको महामारीबाट यो क्षेत्र विश्वमा सबैभन्दा बढी प्रभावित भएको छ। दक्षिण अमेरिकामा जनसंख्या छ सय ४६ मिलियन रहेको छ।
ब्राजिलमा २४ घण्टामा एक हजार दुई सय चारको जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले जनाएको छ। पछिल्लो साता यस क्षेत्रमा दैनिक तीन हजारभन्दा बढीको मृत्यु भइरहेको छ।
ब्राजिल अमेरिकापछि सबैभन्दा बढी प्रभावित देश हो। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो राष्ट्र ब्राजिलमा भाइरस संक्रमणबाट एक लाख १२ हजार मानिसले ज्यान गुमाइसकेका छन्। भाइरसबाट धेरै मृत्यु हुने देशमा मेक्सिको विश्वको तेस्रो स्थानमा छ।
त्यहाँ बिहीबारमात्रै छ हजार सात सय ७५ नयाँ संक्रमित भेटिएका थिए। छ सय २५ जनाको मृत्यु भएको थियो। अहिलेसम्म कुल संक्रमितको संख्या पाँच लाख ४३ हजार आठ सय छ पुगेको छ भने ५९ हजार एक सय छ जनाको मृत्यु भएको छ।
अर्को देश अर्जेन्टिनामा बिहीबार आठ हजार दुई सय २५ नयाँ संक्रमित भेटिएका थिए, योसँगै यहाँ संक्रमितको संख्या तीन लाख २० हजार आठ सय ८४ पुगेको छ भने छ हजार पाँच सय १७ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया