११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

काँग्रेसका अनुकरणीय युवाहरु, जसले खाजा खर्च कटाएर विपन्नलाई दर खुवाए



मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ क्षेत्र नं १ कपिलबस्तुले सामाजिक कार्य गरी तीजको दर खाने पर्व मनाए का छन् । तिजको अवसर पारी विहिबार अति बिपन्न महिला, एकल तथा बृद्ध महिलाहरुको घरमै पुगी उनीहरुसंग दर खाने पर्व मनाएका हुन् । ती अति विपन्न महिलाहरुको जटिल अबस्था लाई मध्यनजर गर्दै राहतस्वरुप खाद्यान्ह दिएर दर खाने पर्वलाई भिन्न सन्देश दिने गरी मनाइएको दुई संगठनले जनाएका छन् ।

Image may contain: one or more people and food

बाणगंगा नगरपालिका वडा न १० पटना स्थित भाउपुरमा रहेका १५ घरपरिवारका अति बिपन्न , दुखी तथा एकल महिलाहरुको परिवारलाई दरस्वरुप र २५ किलोका दरले एकएक बोरा चामाल ,दाल ,नुन ,तेल लगाएतका खाद्यसामाग्री राहत प्रदान गरीएको थियो ।

राहत प्रदान कार्यक्रममा राहत प्रदान गर्दै प्रमुख अतिथी तरुण दलका जिल्लाअध्यक्ष शक्ति सिहं ठकुरी , क्षेत्रीय सभापति तिलक थापा, विद्यार्र्थी संघका क्षेत्र नं १ का क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल लगायतले बोल्दै समाजमा कुनै किसिमले मानिसमा पर्ने गरेका पिडाहरुलाई देखेपछि घर बस्न मन नलागेको बताउँदै राहत लिएर गएको बताउनु भयो ।

उहाँहरुले भोलीको दिनमा पनि अन्य विपन्नको घरमा आफूहरु पुग्ने बताउनु भयो । तिजको शुभकामना दिँदै आफुहरुले आफ्नै खाजा खर्च कटाएर अति बिपन्न , दुखी तथा एकल महिलाहरुको चार्डपर्वका बेला चुलो बलोस भन्ने उद्धेश्यले राहत प्रदान गरीएको युवा नेता पोख्रेलले बताउनु भयो । कारोना भाईरसका कारण सामाजिक दुरी कायम गर्दै राहत बितरण गरिएको पोख्रेलले बताउनु भयो ।

कार्यक्रममा नेताहरु खिम थापा ,मुकेश खनाल,कृष्ण पराजुली, राजन आले , राजनक्षत्र थारु , चन्द्रकान्त पाख्रेल(सि.के) , प्रबिन पौडेल, शुसिल शिंह ठकुर , किरन मल्ल, लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७७ शुक्रबार ००:००  ९ : २४ बजे