१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कृष्णनगरका १० प्रहरीमा कोरोना, कर्मचारी, बैङ्कर, ब्यापारी र विद्यार्थी पनि परे



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा समुदायस्तरमा कोरोना फैलने क्रम तीव्र छ । पछिल्लो समय जिल्लाका बिभिन्न पालिकामा समुदायस्तरमा स्वाब संकलन गरी पिसीआर जाँच गर्न पठाएकामध्ये आउने रिपोर्टमा समुदायस्तरका ब्यक्ति बढी पोजेटिभ (कोरोना भएका) देखिएका छन् ।

त्यसअन्तर्गत विहिबार जिल्लामा २४ जना कोरोना संक्रमित थपिदा १० प्रहरी परेका छन् भने सरकारी कर्मचारी, बेङ्कर, प्रतिष्ठित ब्यापारी, ब्यवसायी, स्कुले विद्यार्थी पनि परेका छन् ।

बिहीवार कृष्णनगर क्षेत्रमा कार्यरत १० प्रहरी, बुटवलको कान्ति माविमा अध्ययनरत एक सहित ४ जना विद्यार्थी, ३ ब्यवसायी, ब्यापारी, हुलाक र भन्सारका एक-एक तथा नेपाल बैक लिमिटेडका एक जना कर्मचारी, एक जना गृहणी र अरु ३ जना समुदायस्तरका ब्यक्तीमा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कृष्णनगरमा ३ सय २९ नमुना संकलन भएमध्ये ८७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ सय १८ जनाको नतिजा प्रतीक्षामा छ ।

अन्य पालिकामा पनि नतिजा आएकामा समुदाय स्तरका देखिएका छन् । अहिलेसम्म जिल्लामा १ हजार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सयौँ जना रिपोर्ट पर्खेर बसेका छन् ।

समुदायस्तरमा कोरोना देखिएपछि त्रास सिर्जना भएको छ । स्थिति थप भयावह हुन नदिन जिल्ला प्रशासन कार्यालयले ७ गतेसम्म निशेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७ बिहिबार ००:००  ४ : ४९ बजे