मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा स्वाब संकलन गरी पिसीआर जाँच गराउन पठाएकामध्ये केहीको रिपोर्ट आएको छ । साउन ३२ गते नगरपालिका र कपिलवस्तु उद्योग संघको संयुक्त पहलमा स्वाब संकलन गरी पिसिआर जाँच गर्न पठाएका २ सय ८९ जनामध्ये विहिबार १२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार दिउसो १२ जनाको मात्र रिपोर्ट आएको छ । हिजो १ जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो । समुदायस्तरमा गरिएको जाँचमध्ये अझै २७६ जनाको रिपोर्ट आउन बाँकी छ ।
अरुको रिपोर्ट पनि आज भोलीमा आइसक्ने उहाँले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । ३२ गते मुख्यगरी समुदाय स्तरमा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल ब्यापारी व्यवसायी लगायतको स्वाब संकलन भएको थियो ।
कपिलवस्तुमा अहिलेसम्म १ हजार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये कृष्णनगर नगरपालिकामा मात्रै विहिबारमात्रै २४ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया